ad ad

ग्लोबल


अस्ट्रेलियामा भेटिएका हड्डी १० करोड ७० लाख वर्ष पुराना

अस्ट्रेलियामा भेटिएका हड्डी १० करोड ७० लाख वर्ष पुराना

नेपालखबर
जेठ १८, २०८० बिहिबार ७:२८, काठमाडौँ

अष्ट्रेलियामा ४३ वर्षअघि भेटिएका दुई हड्डी दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेएको वैज्ञानिकले दाबी गरेका छन्।

सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन्। 

असीको दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृप वर्गको जीवको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको वैज्ञानिकको दाबी छ।

हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन्। 

'यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,' पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .