ad ad

ग्लोबल


टर्कीको राष्ट्रपतिमा तैय्यप इदोर्गान पुन: निर्वाचित

टर्कीको राष्ट्रपतिमा तैय्यप इदोर्गान पुन: निर्वाचित

नेपालखबर
जेठ १६, २०८० मंगलबार ८:५५, काठमाडौँ

टर्कीको राष्ट्रपति निर्वाचनमा रेसेप तैय्यप इदोर्गान पुन: निर्वाचित भएका छन्। उनले विपक्षी दलका नेता कमल कालाचदारलुलाई चार मतको अन्तरले पराजित गरेका हुन्।

टर्कीको निर्वाचन आयोगले जनाएअनुसार ५२ दशमलव १४ प्रतिशत मतत पाएका थिए। राष्ट्रपतिमा निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मतत प्राप्त गर्नुपर्छ। यसअघि मे १४ मा पहिलो चरणको निर्वान भएकोमा कसैले ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा आइतबार दोस्रो चरणको निर्वाचन भएको थियो।

उनी सन् २०१४ मा पहिलोपटक टर्कीको राष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि सन् २००४ मा प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए।

जितपछि इस्तानबुलस्थित आफ्नो निवासबाट उनले पुन: राष्ट्रपति निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै धन्यवाद दिए। प्रतिपक्षी नेता कालाचदारलुलाई आतंकवादी भन्दै उनले अलबिदा भने।

जितपछि उनले आफूलाई मतदान नगर्नेलाई आतंकवादीलाई साथ दिएको भन्दै आक्रामक प्रतिक्रिया दिएका थिए।

प्रतिपक्षी नेता कालाचदारलु चुनावमा धाँधली भएको आरोप लगाए। इदोर्गानले सरकारी संयन्त्रको दुरुपयोग गरेको उनको आरोप थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .