ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ। कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गरेका छन्।
निर्वाचन गर्नका लागि गठित नयाँ सरकारमा अनुभवी कूटनीतिज्ञ, सैन्य अधिकारी, कर्मचारी र विश्वविद्यालयका प्राध्यापक मन्त्रीहरूका रूपमा समावेश हुने बताइएको छ।
यसै गृष्म ऋतुमा हुने निर्वाचनपछि नयाँ सरकार नबनेसम्म कामचलाउ सरकारले प्रशासनिक जिम्मेवारी सम्हाल्नेछ।
आइतबार भएको निर्वाचनमा ग्रीसमा सत्तारुढ कन्जरभेटिभ पार्टी न्यू डेमोक्रेसी ९एनडी० ले ४०।७९ प्रतिशत मत प्राप्त गरे पनि संसदीय बहुमत हासिल गर्न नसकेको र गठबन्धन सरकारको प्रयास पनि विफल भएपछि निर्वाचनका लागि न्यायाधीको नेतृत्वमा काम चलाउ सरकारको गठन गरिएको हो।
पूर्व प्रधानमन्त्री तथा एनडी पार्टीका नेता किरियाकोस मित्सोटाकिसले गठबन्धन सरकारका प्रयासहरू विफल भएपछि जुन २५ का लागि नयाँ चुनावको आह्वान गरेका हुन्।
अर्को चुनावमा संशोधित निर्वाचन प्रणाली प्रयोग गरिनेछ, जसले विजयी दललाई ५० अतिरिक्त सिटको बोनस प्रदान गर्नेछ र यसले एक दलीय सरकार गठन गर्न मद्दत गर्ने छ।
राजनीतिक विश्लेषकहरुका अनुसार यो प्रणालीअन्तर्गत सबैभन्दा अगाडि रहेको उम्मेदवारले करिब ३८ प्रतिशत मतका साथ संसद्मा पूर्ण बहुमत प्राप्त गर्न सक्छ।
प्रतिक्रिया