ग्लोबल


कर्नाटकमा जितपछि राहुल गान्धीको टिप्पणी : नफरतको बजार बन्द भयो

कर्नाटकमा जितपछि राहुल गान्धीको टिप्पणी : नफरतको बजार बन्द भयो

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ९:१३, काठमाडौँ

भारतको कर्नाटकमा सम्पन्न विधानसभाको अन्तिम परिणामअनुसार विधानसभामा कांग्रेस आईले पूर्ण बहुमत प्राप्त गरेको छ।

भाजपा ६५ सिटमा सीमित भएको छ।

विधानसभामा भएका २२४ मध्ये १३६ सिटमा जित निकाल्दै कांग्रेस पुन: सरकारमा फर्किने माहोल बनेको हो। अब प्रदेशमा कांग्रेसले बहुमतको सरकार बनाउनेछ।

जितपछि कांग्रेसका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएर प्रेमको दोकान खुलेको टिप्पणी गरेका छन्। उनले भने, 'कर्नाटकमा नफरतको बजार बन्द भयो, अब प्रेमको दोकान खुल्छ।'

उनले कर्नाटकका जनताले शक्तिले क्रोनि क्यापिटलिस्टलाई हराएको बताएका छन्।

भाजपाको हारपछि त्यहाँका मुख्यमन्त्री बसवराज बोम्मईले राजीनामा दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .