ग्लोबल


कर्नाटकमा कंग्रेसको ठूलो जित, भाजपालाई झड्का

कर्नाटकमा कंग्रेसको ठूलो जित, भाजपालाई झड्का

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १४:५३,

भारतको कर्नाटक राज्यको विधानसभा चुनावमा कंग्रेसले ठूलो विजय हात पारेको छ। मतगणना जारी रहँदा कंग्रेस १३५ भन्दा बढी सिटमा अगाडि देखिएको छ।

२२४ सिटको विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक छ। सत्तारुढ भारतीय जनता पार्टी ६५ सिटमा अगाडि देखिन्छ। 

भाजपाका लागि यो निकै ठूलो झड्का हो। किनभने प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेताहरुले लामो समय यहाँको चुनाव प्रचारमा बिताएका थिए।

एचडी कुमारस्वामीको जनता दल सेक्युलरले २० हाराहारी सिट जित्ने देखिएको छ।

जितपछि कंग्रेसका नेता सिद्धारमैयाले यो मोदी, अमित शाह र जेपी नड्डाविरुद्धको जनमत भएको बताएका छन्। 

‘प्रधानमन्त्री मोदी कर्नाटकमा २० पटक आए। यसअघि कुनै पनि प्रधानमन्त्री चुनावमा यसरी आएका थिएनन्,’ उनले भने।

कांग्रेसका प्रदेश प्रमुख डीके शिवकुमारले पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन्। 

भाजपाका नेता बीएस यदियुरप्पाले हार स्वीकार गर्दै भाजपाका लागि पराजय नौलो कुरा नभएको र यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad