ad ad

ग्लोबल


पाकिस्तानमा चर्कियो हिंसा : ८ जनाको मृत्यु, १४ सय पक्राउ

पाकिस्तानमा चर्कियो हिंसा : ८ जनाको मृत्यु, १४ सय पक्राउ

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १६:२६,

पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्ति फैलिएको छ। प्रदर्शन र दमनमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने १४ सय जनालाई पक्राउ गरिएको छ।

हिंसा कम गर्न सेना परिचालन गरिएको छ। राज्यको सम्पत्तिमाथि आक्रमण नगर्न प्रदर्शनकारीलाई चेतावनी दिइएको छ।

विभिन्न भ्रष्टाचारको आरोप लगाउँदै खानलाई पक्राउ गरिएको हो। जसमा दोषी ठहर भए उनी आउँदो चुनावमा उम्मेदवार बन्न अयोग्य हुनेछन्। 

पछिल्लो समय खानले सेनाको चर्को आलोचना गर्दै आएका छन्। पाकिस्तानको राजनीतिमा सेना निकै प्रभावशाली छ।

बुधबार अदालतमा ७० वर्षीय खानले प्रधानमन्त्री हुँदा राज्यलाई दिइएको उपहार बेचेको अभियोग लगाइयो। तर, उनले त्यसलाई अस्वीकार गरेका छन्।

उनको पार्टीले खानको गिरफ्तारीलाई अपहरण भनेको छ भने अदालतको वैधतामा पनि प्रश्न उठाएको छ। अदालतले उनलाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

त्यसविरुद्ध खान सर्वोच्च पुगेका छन्। उनीविरुद्ध यस्ता एक सयभन्दा बढी मुद्दा दर्ता गरिएका छन्। 

उनको गिरफ्तारीपछि प्रदर्शनकारीले सैन्य कमान्डरहरुको निवासमा आक्रमण गरेका छन्। 

प्रधानमन्त्री सहबाज सरिफले टेलिभिजन सम्बोधन गर्दै हिंसा नसहने चेतावनी दिएका छन्। बुधबार प्रदर्शनकारीले लाहौरस्थित सरिफको निवासमा पेट्रोल बम प्रहार गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .