ad ad

ग्लोबल


पञ्जाबको लुधियानामा ग्यास चुहिँदा ११ जनाको मृत्यु

पञ्जाबको लुधियानामा ग्यास चुहिँदा ११ जनाको मृत्यु

नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:५१, काठमाडौँ

भारतको पञ्जाबस्थित लुधियानामा ग्यास चुहिँदा ११ जनाको मृत्यु भएको छ। लुधियानाको गियासपुरामा ग्यास चुहिँदा यतिका मानिसको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आइतवार बिहान ग्यास चुहिँदा ज्यान गुमाउनेमा ५ महिला र ४ तथा २ बालबालिका पनि छन्। बालबालिकाको उमेर १० देखि १३ वर्ष छ।

घटनापछि अहिले पञ्जाब पुलिसका एडिशनल डीएसपी समीर वर्माले अझै पनि ५ देखि ६ जना बेहोस अवस्थामा रहेको बताए। अहिले उनीहरुलाई अस्पतालमा भर्ती गरिएको छ।

पुलिस अधिकारी समीर वर्माले भने, 'घटनापछि त्यस इलाकालाई सिल गरिएको छ। अहिले थप सुरक्षा बल पनि गइरहको छ।’

समाचार अनुसार ग्यासपुरा औद्योगिक क्षेत्रनजिक घरमा बनेको मिल्क बुथमा बिहान सवा ७ बजे घटना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .