ग्लोबल


नेपालकै जस्तो घटना अमेरिकामा: उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

नेपालकै जस्तो घटना अमेरिकामा: उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १७:१७, काठमाडौँ

 सोमबार साँझ काठमाडौंबाट दुवईका लागि उडेको विमानमा उड्नेबित्तिकै आगो देखियो। फ्लाई दुवईको एफजेड ५७६ विमान कोटेश्वरको आकाशबाट इमाडोलतिर पुग्दै गर्दा विमानबाट ठूल्ठूलो आवाज तीन-चार पटकसम्म आएको थियो।

राति ९ बजेर २३ मिनेटमा दुवईका लागि उडेको विमानमा आगोको लप्कासहित ठूलो आवाज आएपछि कोटेश्वर, जडीबुटी, टीकाथली र इमाडोल क्षेत्रका बासिन्दा आत्तिँदै बाहिर निस्किएका थिए।

सुरुमा विमानमा चरो ठोक्किएको भनिए पनि तर त्यो पुष्टि हुन सकेन। भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ। 

तर अमेरिकामा पनि आइतबार बिहान समान प्रकृतिको घटना घटेको थियो।

स्थानीय समयअनुसार आइतबार बिहान अमेरिकी एयरलाइन्स फोनिक्सका लागि उडान भर्दै थियो। चरो ठोक्किएर विमानको इन्जिनमा आगो लागेपछि उक्त जहाजले फर्किएर कोलम्बसस्थित जोन गेलन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको अधिकारीहरूले बताएका छन्। 

स्थानीय समयअनुसार उक्त जहाज आइतबार बिहान सुरक्षित रूपमा अवतरण भएको संघीय उड्डयन प्रशासनले जनाएको विज्ञप्तिमार्फत जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त विमानमा चालक दलबाहेक १७३ यात्रु रहेको जनाएका छन्।

सीबीएस न्यूजले इन्जिनमा आगो लागेपछि विमान करिब ३० मिनेट आकाशमा होल्ड भएको जनाएको छ।

उक्त घटनाबारे उड्ड्यन प्रशासनले अनुसन्धान गरिरहेको छ।

जोन गेलन अन्तर्राष्ट्रिय विमानस्थलले ट्विटमार्फत विमानको इन्जिनमा आगो लागेको र सकुशल अवतरणपश्चात विमानस्थल पुन:सञ्चालनमा आएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .