राजनीति


भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था विधेयकमा हुनुपर्छ : पदम गिरी

भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था विधेयकमा हुनुपर्छ : पदम गिरी

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १७:३१, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गरेका छन्।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्।

उनले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पुर्याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताए। उनले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताए।

उनले भने, ‘२, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार गर्यो भने १४ वर्ष भन्दा बढी जेलमा बस्नु नपर्नेगरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ त्यो भन्दा बढी पनि कारबाही गर्नुपर्छ, सर्वश्वहरण पनि गर्नुपर्छ। त्यस्ता प्रावधानहरु पनि राख्न सक्नुपर्छ।’

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad