ग्लोबल


सुडान युद्ध: मृत्यु हुनेको संख्या १८५ पुग्यो, १८ सय घाइते

सुडान युद्ध: मृत्यु हुनेको संख्या १८५ पुग्यो, १८ सय घाइते

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ८:४७, काठमाडौँ

शनिबारदेखि सुडानमा जारी गृहयुद्धमा मृत्यु हुनेको संख्या १८५ पुगेको छ।  सेना र मुलुकको अर्धसैन्य बलबीच भइरहेको युद्धमा सोमबारसम्म १ हजार ८०० घाइते भएका छन्।

सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका भनेका छन्, 'अवस्था एकदमै अनियन्त्रित छ, युद्धले देशलाई कुन दिशमातर्फ लाने हो भन्न कठिन छ।'

सन् २०१९ मा सुडान विद्रोह भई अल बसिरको ३० वर्षे शासन ढलेको थियो। सरकार ढलेपछि सेनाका इन्स्पेक्टर रहेका अल बुर्हान संक्रमणकालीन सैन्य परिषद् (टीएमसी) को प्रमुख बनेका थिए।

त्यसपछि अन्तर्राष्ट्रिय दबाबका कारण सेनाले नागरिकसँग सत्ता साझेदारीको सम्झौता गरेको थियो। त्यसबेला राज्यप्रमुख रहेका बुर्हानले लोकतन्त्र पक्षधर पार्टीसँग सहकार्य गरी चुनाव गराउनुपरेको थियो।

तर बुर्हान र उनका उपकमाण्डर जर्नेल हेमेतीले सन् २०२१ मा मिलेर कू गरे, नागरिक–सैनिक संयुक्त शासन अन्त्य भयो। त्यसयता सुडानमा निरन्तर नागरिक स्तरबाट विरोध प्रदर्शन हुँदै आएको छ।

केही समययता त्यहाँको अर्धसैनिक समूह र सेनाबीच विवाद बढेको छ। शनिबारदेखि उक्त विवादले युद्धको रूप लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .