ग्लोबल


सुडानमा तीन दिनदेखि युद्ध जारी, मृत्यु हुनेको संख्या एक सय पुग्यो

सुडानमा तीन दिनदेखि युद्ध जारी, मृत्यु हुनेको संख्या एक सय पुग्यो

नेपालखबर
बैशाख ४, २०८० सोमबार १२:५४, काठमाडौँ

सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ।

सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा सुरु भएको थियो।

खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ।

'शनिबारदेखि सुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको सङ्ख्या बढी १०० पुगेको छ,' चिकित्सक संघले सोमबार उल्लेख गरेको छ। 

यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किनभने लडाईंका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन्।

सुडानका चिकित्सकहरूको केन्द्रीय समितिले नागरिक र सेनासहित ९४२ जना घाइते भएको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको जनाएको छ।

हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ। लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्ने टिप्पणी हुन थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad