समाज


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

नेपालखबर
बैशाख ४, २०८० सोमबार १२:५९, बुटवल

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ११ स्थित खैरा चोकमा ठक्कर दिँदा दुर्घट्ना भएको हो।

बिहान साढे ११ बजे  भएको दुर्घटनामा घोराही ११ खैराचोक बस्ने मोटरसाइकल चालक २६ वर्षीय सन्देश बस्नेत र पछाडि बसेका सोही ठाउँका १७ वर्षीय गोपाल विकको मृैत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए।

गोपालको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका सन्देशको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । ट्रक र  चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको डीएसपी गौतमले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad