ad ad

ग्लोबल


सुडान गृहयुद्धमा २५ जनाको मृत्यु, १८३ घाइते

सुडान गृहयुद्धमा २५ जनाको मृत्यु, १८३ घाइते

नेपालखबर
बैशाख ३, २०८० आइतबार ८:२७, काठमाडौँ

सुडानमा जारी सेना र शक्तिशाली अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीचको लडाइँमा २५ जनाको मृत्यु भएको छ।

अर्धसैनिक समूहले राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिने क्रममा भएको झडपमा १८३ जना घाइते भएका छन्। अर्धसैनिक समूहले अधिकांश आधिकारिक सरकारी साइटहरू पनि कब्जामा लिएको छ।

प्रत्यक्षदर्शीका अनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ।

सुडान अर्धसैनिक प्रमुख मोहम्मद हमदान डगालेले स्काई न्यूजलाईको एक अन्तर्वार्तामा खार्तूमका ९० प्रतिशतभन्दा बढी रणनीतिक स्थल कब्जामा लिएको बताएका छन्। 

झडपपछि सुडानी केन्द्रीय चिकित्सा समितिले खार्तूम आसपासका अस्पताल घाइतेले भरिएको जनाएको छ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ।

सन् २०१९ अप्रिलमा सुडानका जर्नेलहरूले राष्ट्रपति ओमर अल बसिरलाई सत्ताच्यूट गरी सरकार आफ्नो हातमा लिएपछि सुडानमा हिंसा भड्किएको थियो।

त्यबेला नागरिकहरूले शान्तिपूर्ण धर्ना दिँदा सेनाले चलाएको गोली लागेर ११८ नागरिकको मृत्यु भएको थियो। सत्ता हातमा लिएपछि नागरिकसँग सत्ता साझेदार गर्ने सेना सहमत भए पनि सहमति हालसम्म पालना गरेको छैन। सन् २०२१ मा अर्को कू गरेर लोकतन्त्रको प्रक्रिया सेनाले रोकेको थियो।

त्यसयता लोकतन्त्रको माग गर्दै नागरिकहरू आन्दोलनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .