भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्ध लड्ने बताएका छन्।
भाजपा स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, 'हनुमानजीले राक्षसको सामना गर्नुभयो। हामी त्यत्तिकै कठोर हुन्छौं। जब भ्रष्टाचार र वंशवादको कुरा आउँछ भाजपा त्यत्तिकै दृढ भएर लड्छ।'
उनले हनुमानको जीवनले आफूले प्रेरणा दिने बताए। 'जब लक्ष्मणमाथि संकट आयो, तब हनुमान जीले पूरै पहाड बोकेका थिए। यही प्रेरणा लिएर भाजपाले पनि जनताका समस्या समाधान गर्न नतिजा ल्याउने प्रयास गर्दै आएको छ,' उनले भने, 'हाम्रो पार्टी र हाम्रा कार्यकर्ताहरूले हनुमान जीको मूल्य र शिक्षाबाट निरन्तर प्रेरणा लिइरहेका छन्।'
आफू भारतको प्रधानमन्त्री भएपछि देश धेरै हिसाबले सक्षम भएको दाबी उनले गरे। सन् २०१४ पछि भारतीमा अतुलनीय विकास भएको उनले बताए।
Shares

प्रतिक्रिया