ad ad

ग्लोबल


बिहारमा भड्कियो साम्प्रदायिक हिंसा, मागियो मुख्यमन्त्री नितीश कुमारको राजीनामा

बिहारमा भड्कियो साम्प्रदायिक हिंसा, मागियो मुख्यमन्त्री नितीश कुमारको राजीनामा

नेपालखबर
चैत १९, २०७९ आइतबार १३:४४, काठमाडौँ

मार्च ३० मा रामनवमीको दिन भएको विवाद सेलाउन नपाउँदै बिहारमा फेरि हिंसा भड्किएको छ।

रामनवमीका दिन बिहारको सासाराममा देवी दुर्गाको प्रतीमा सेलाउन लाग्दा दुई पक्षबीच झगडा भएको थियो। शनिबार राति बिहारका दुई अलग-अलग भाग सासाराम र बिहार शरीफमा फेरि हिंसा भड्किएको छ।

सासाराममा हिंसाबीच बम विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ११२ जनालाई गिरफ्तार गरेको छ।

प्रहरीले झडप रोक्न १२ राउन्ड गोली चलाएको थियो।

घाइतेको स्थानीय सदर अस्पतलामा उपचार भइरहेको छ।

हिंसा नरोकिएपछि स्थानीय प्रशासनले कतिपय क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

राज्यको अवस्था बुझ्न गृहमन्त्री अमित शाहले राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसँग फोन संवाद गरेका छन्।

उता केन्द्रीय मन्त्री गिरिराज सिंहले मुख्यमन्त्री नितीश कुमारको राजीनामा मागेका छन्। नितीश कुमारले हिंसाबारे आफूलाई थाहा नभएको भन्दै अभिव्यक्ति दिएकोमा किन मुख्यमन्त्री पदमा बसेको भनी उनले प्रश्न गरेका छन्। उनले तत्काल मुख्यमन्त्री नितीश कुमारले राजीनामा दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .