भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
शनिबार मात्रै भारतमा थप ३ हजार ८२४ नयाँ संक्रमित भेटिएका छन्। बितेको एक वर्षमा एकैदिन कोरोना पुष्टि भएको यो सबैभन्दा ठूलो संख्या हो।
निरन्तर संक्रमण बढ्दै गएको छ। सबैभन्दा बढी नयाँदिल्ली र मुम्बईमा कोरोनाका बिरामी देखिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँदिल्लीमा ३ हजार ३२४ र मुम्बईमा १ हजार २१ सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार नाघेको छ। हाल भारतमा १८ हजार ३८९ सक्रिय कोरोना संक्रमित छन्।
36
Shares
प्रतिक्रिया