ad ad

ग्लोबल


युक्रेनमाथि रुसको ‘अभूतपूर्व’ क्षेप्यास्त्र आक्रमण, ६ वटा हाइपरसोनिक किन्जल प्रहार

युक्रेनमाथि रुसको ‘अभूतपूर्व’ क्षेप्यास्त्र आक्रमण, ६ वटा हाइपरसोनिक किन्जल प्रहार

नेपालखबर
फागुन २५, २०७९ बिहिबार २१:२६,

रुसले युक्रेनका ठूला सहरहरुमा भीषण क्षेप्यास्त्र हमला गरेको छ। रुसले विभिन्न खालका ८१ वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले जनाएको छ। जसमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र किन्जल समेत रहेको बताइएको छ।

किन्जल क्षेप्यास्त्रले युक्रेनका सबै हवाई प्रतिरक्षा प्रणाली भेद्न सक्छ। आक्रमणपछि युक्रेनका कयौँ क्षेत्र विद्युतविहीन बनेको छ।

‘आक्रमण साँच्चै ठूलो थियो। र, पहिलो पटक यति धेरै प्रकारका क्षेप्यास्त्रहरु प्रयोग भएको थियो। यसपटक किन्जल पनि ६ वटा प्रहारी गरिएको थियो। यसअघि यस्तो आक्रण भएको मलाई सम्झना छैन,’ युक्रेनी वायु सेनाका प्रवक्ता युरी इनातले भनेका छन्।

‘निकै कठिन रात रह्यो,’ राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भनेका छन्। 

किभ, ओडेसा, खार्कोव, जापोरिजालगत सहरमा अत्यन्त महत्वपूर्ण पूर्वाधार संरचना तथा आवासीय भवनमा आक्रमण भएको उनको छ।

हालसम्म १६ जनाको ज्यान गएको जनाइएको छ।

रुसले मार्च २ का दिन ब्रियान्स्क क्षेत्रमा युक्रेनले गराएको आतंकवादी हमलाको जवाफमा सो आक्रमण गरिएको बताएको छ। मार्च २ मा केही युक्रेनी सैनिकहरु रुसको सीमामा घुसेर गोली चलाई भागेका थिए। सो क्रममा दुई नागरिक मारिएको रुसले जनाएको छ।

यो आक्रमणमा रुसले प्रयोग गरेको किन्जल क्षेप्यास्त्रतर्फ सबैको ध्यान केन्द्रित भएको छ। यो रुसको रणनीतिमा परिवर्तनको संकेत भएको समेत विश्लेषण हुन थालेको छ।

किन्जल राष्ट्रपति भ्लादिमिर पुटिनले २०१८ मा महत्वपूर्ण हतियार भन्दै सार्वजनिक गरेका थिए।

आवाजको गतिभन्दा कम्तीमा ५ गुणा छिटो उड्ने यो क्षेप्यास्त्रलाई रोक्न कठिन हुने बताइन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .