ग्लोबल


श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

नेपालखबर
फागुन २४, २०७९ बुधबार १३:३७, कोलम्बो

श्रीलंकाको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउन उपयुक्त मिति भएको घोषणा गरेको छ।

अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका  छन्। 

क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको छ।  प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए। तर, सरकारले अपुग रकमका कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो। 

श्रीलंकाले स्थानीय सरकार निकायहरूका लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ र स्थगित स्थानीय चुनावहरु २०२२ मा हुने तालिका थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad