अमेरिकी राष्ट्रपति जो बाइडेनले अचानक युक्रेनको भ्रमण गरेका छन्। छिमेकी पोल्यान्डको भ्रमणका लागि गएका उनी सीमाबाट रेल चढेर किभ पुगेका हुन्।
यसअघि ह्वाइट हाउसका अधिकारीहरुले पोल्यान्ड जाँदा बाइडेनले युक्रेन भ्रमण नगर्ने बताएका थिए।
उनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेटेका छन्। भेटपछि उनले युद्धमा युक्रेनको साहसको कदर गरेका छन्।
उपराष्ट्रपति छँदा आफू ६ पटक किभ आइपुगेको बताएका उनले भने, ‘मलाई थाहा थियो, म फेरि यहाँ आउनेछु।’
संयुक्त वक्तव्य दिँदै दुई नेताले यो ‘ऐतिहासिक लडाइँ लोकतान्त्रिक विश्वले जित्नुपर्ने’ बताए।
जेलेन्स्कीले अमेरिका–युक्रेन इतिहासमै यो सबैभन्दा महत्वपूर्ण भ्रमण भएको दाबी गरे।
बाइडेन ५० करोड डलरको सैन्य सहायता घोषणा पनि गरे।
उनी किभमै रहँदा युक्रेनभर हवाई हमलाको चेतावनी दिँदै साइरन बजेको थियो।
गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया