ad ad

खेल


पाहुना टोली नामिबियाको जितविहीन यात्रा

पाहुना टोली नामिबियाको जितविहीन यात्रा

नेपालखबर
फागुन ८, २०७९ सोमबार १७:३१, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल भ्रमणमा आएको नामिबियाले जितविहीन यात्रा सकाएको छ। 

सिरिजको आफ्नो अन्तिम खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित हुँदै सिरिजका चारै खेलमा हार व्यहोरेको हो। 

नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले तथा दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो। स्कटल्यान्डसँग पहिलो खेलमा १० विकेटको हार भोगेको थियो। 

स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो। 

ओपनर लो–हान्ड्रे लारेन्सले सर्वाधिक ५२ रन बनाए। कप्तान गेहार्ड इरस्मस ४३ र जान ग्रिनले २५ रन थपे। 

नामिबियालाई कम स्कोरमा रोक्न मार्क वाट एक्लैले ४ विकेट लिए। माइकल लिस्कले ३ तथा ब्रानडोनले २ विकेट लिए। क्रिस ग्रेभ्सको नाममा एक विकेट रह्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भयो।  

स्कटल्यान्डका क्रिस्टोफर म्याकब्राइट ४७ रन बनाउँदै पवेलियन फर्के। थोमक म्याकिनटोसले ३४ र कप्तान रिची बेरिङटोनले ३२ रन थपे। माइकल लिस्क २९, लियाम नोयर २०, म्याथु क्रस १६ र क्रिस ग्रिभ्स १४ रनमा आउट भए। ओपनर कार्ल कोट्जर शुन्य रनमा फर्के। 

नामिबियाका रुबेनले सर्वाधिक ५ विकेट झारे। ९.४ ओभर बलिङ गरेका उनले मात्र ३० रन खर्चे। तानगेनी लुंगामेनीले २ तथा बेर्नाड, बेन र पिक्की या फ्रान्सले समान एक विकेट लिए। 

स्कटल्यान्डले सिरिजको अन्तिम खेलमा भोलि मंगलबार नेपालसँग खेल्नेछ। लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्डले दुई खेलमा जित निकालेको छ। घरेलु टोली नेपालले तीन खेलमा जित निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .