ad ad

ग्लोबल


जेलेन्स्कीले भने : हाम्रो भूमि दिएर रुससँग शान्ति सम्झौता हुन सक्दैन

जेलेन्स्कीले भने : हाम्रो भूमि दिएर रुससँग शान्ति सम्झौता हुन सक्दैन

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ११:३९, काठमाडौँ

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्तिका नाममा रुसलाई आफ्नो भूमि दिन नसकिने बताएका छन्। 

बीबीसीलाई दिएक एक विशेष अन्तर्वार्ताका क्रममा उनले आफ्नो सरकार शान्ति वार्ता गर्न तयार भए पनि रुसलाई आफ्नो जमिन दिने सम्झौता गर्न तयार नरहेको बताएका हुन्। 

रूस र युक्रेनबीचको युद्ध आगामी फेब्रुरअरी २४ मा एक वर्ष पूरा हुँदैछ। यसअघि उनी जेलेन्सी ब्रिटिश नेताहरुसँग छलफल गर्न लण्डन पुगेका थिए।

यही बेला बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा उनले रुसलाई आफ्नो जमिन दिएर शान्ति सम्झौता गर्न नसकिने चेतावनी दिएका हुन्।

उनले अहिले जमिन दिएर शान्ति सम्झौता गरे पनि फेरि रसिया हडप्न आउने बताउँदै त्यसका लागि आफू तयार नरहेको बताएका हुन्। उनले जमिन दिएरभन्दा पश्चिमी देशहरुको हतियार सहयोगबाट चाँडो शान्ति सम्भव हुने पनि बताएका छन्। 

उनले युक्रेनमाथि हरेकतर्फबाट रुसी हमला सुरु भइसकेको पनि स्वीकारेका छन्। 

हतियारलाई लिएर उनले यसबाटै शान्ति अघि बढ्ने पनि बताएका छन्। 'हो, बिल्कुल आधुनिक हतियार शान्ति कायम गर्ने प्रक्रियालाई तीव्र बनाउँछन्। किनकि हतियार मात्रै त्यस्तो भाषा हो जसबाट रुसले पनि कुरा बुझ्छ', उनले भनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .