ग्लोबल


भूकम्पपीडिलाई राहत दिन सिरियाका दुई सीमानाका खोलिँदै

भूकम्पपीडिलाई राहत दिन सिरियाका दुई सीमानाका खोलिँदै

नेपालखबर
फागुन २, २०७९ मंगलबार १३:१४, काठमाडौँ

संयुक्त राष्ट्र संघले सिरियाका भूकम्पपीडितलाई राहत सहज बनाउन थप दुई नाका खुलाउने कुरामा सहमति जुटेको जनाएको छ।

सिरिया सरकार विनाशकारी भूकम्पबाट बर्बाद भएको देशमा मद्दतका लागि दुईवटा थप सीमानाका खुलाउन तयार भएकव राष्ट्रसंघले मंगलबार जनाएको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका एक प्रवक्ताले बताए अनुसार यो निर्णयले ठूलो राहत मिल्नेछ। 'यसको असर ठूलो हुनेछ। अहिलेसम्म हामी एउटा मात्रै सीमानाका प्रयोग गरिरहेका थियौँ। अब थप दुईवटा नाका उपयोग हुनेछन्।'

छिमेकी देश टर्की आएको भूकम्पबाट यी दुवै देशमा अहिलेसम्म मारिनेको संख्या ४० हजार नाघिसकेको छ।

सिरियाका मानिसहरु युद्धग्रस्त आफ्नो देशका लागि विश्वसमुदायले कम सहयोग गरेको भन्दै आक्रोशित छन्। 

राष्ट्रपति बसर अल-असदको सरकारले पश्चिमी देशमाथि आफूहरुमाथिको प्रतिबन्धका कारण उद्धारकार्यमा समस्या भइरहेको बताएका छन्। 

तर अन्तरराष्ट्रिय सहायता समूहहरुले असद सरकारको अव्यवस्था र देशका सबै क्षेत्रमा जान अनुमति नदिँदा सबैभन्दा समस्या भइरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad