ad ad

ग्लोबल


टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, ४० हजार जना घाइते

टर्की भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, ४० हजार जना घाइते

टर्की भूकम्पबाट भएको क्षति


नेपालखबर
माघ २६, २०७९ बिहिबार १०:४४, काठमाडौँ

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। 

एएफपी न्युजका अनुसार दुवै देशमा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो। घाइतेको संख्या ४० हजार नजिक पुगेको छ।

डब्ल्यूएचओ र संयुक्त राष्ट्र लगायत विश्वका ७० भन्दा बढी देश सहयोगका लागि जुटेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिरियामा ३ लाख मानिस घर छाड्न बाध्य भएका छन्।

सरकारप्रति जनआक्रोश बढ्दै गएका बेला टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेगानले भूकम्पपछि आफ्नो सरकारको प्रारम्भिक प्रतिक्रिया त्रुटिपूर्ण रहेको स्वीकार गरेका छन्।

भूकम्पपछि धेरै क्षेत्रका बासिन्दाले उद्धारकर्मी ढिलो पुग्नुका साथै समयमा राहत सामग्री नपाएको गुनासो गर्दै सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .