ग्लोबल


टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

टर्कीमा भूकम्पले गराएको क्षति। तस्बिर : बीबीसी


नेपालखबर
माघ २४ , काठमाडौँ

टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या ३ हजार ८ सयभन्दा माथि पुगेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्की र सिरियामा गरी मृतकको संख्या ३८०० नाघेको हो। 

सोमबार बिहान टर्की केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायल हल्लाएको थियो। 

भूकम्पबाट भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर त्यहाँ अहिलेसम्म कुनै क्षतिको खबर छैन।

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको खबर छ। त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। 

यस्तै भूकम्पबाट सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

टर्की मिडियाका अनुसार ३ वटा ठूलो भूकम्प गएका थिए। पहिलो टर्की समयअनुसार बिहान ४ बजे (७.८) र दोस्रो करिब १० बजे (७.६) र तेस्रो दिउँसो ३ बजे (६.०) म्याग्निच्युडका भूकम्प गएका थिए। यसबाहेक ७८ वटा पराकम्पन पनि गएको जनाइएको छ। 

माघ २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.