भारतको दक्षिण राज्य केरलका पत्रकार सिद्धिक कप्पन २८ महिना जेल बसेपछि रिहा भएका छन्।
बुधवार मनी लन्ड्रिङ (पैसाको अवैध कारोबार) को एक मुद्दामा लखनऊको सेशन कोर्टले उनको जमानतमा फैसला हस्ताक्षर गरेपछि रिहा भएका हुन्।
एक महिना पहिले पहले इलाहाबाद उच्च अदालतले उनलाई मनी लन्ड्रिङको केसमा जमानत दिएको थियो।
५ अक्टोबर, २०२० मा हाथरस सामूहिक बलात्कारबारेमा रिपोर्टिङ गर्न जाने क्रममा उनलाई उत्तर प्रदेश पुलिसले गिरफ्तार गरेको थियो। उनीमाथि गैरकानूनी गतिविधि रोकथाम अधिनियम (युएपीए) लगाइएको थियो।
अघिल्लो साल सेप्टेम्बरमा भारतीय सर्वोच्च अदालतले उनलाई यी सबै मामिलामा जमनत दिएको थियो। तर पैसाको अवैध कारोबारसम्बन्धी मुद्दामा उनलाई सफाइ मिलेको थिएन। त्यहीकारण उनी लामो समयदेखि जेलमै थिए।
तर त्यसपछि डिसेम्बर २०२२ मा इलाहाबाद उच्च अदालतले उनलाई जमानत दिएको थियो।
अदालतले त्यसबेला उनको बैंक एकाउन्टमा पाँच हजार ट्रान्सफरबाहेक कुनै किसिमको अवैध रकम जम्मा नभएको फैसला सुनाएको थियो।
प्रतिक्रिया