ad ad

ग्लोबल


भारतमा वार्षिक सात लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने

भारतमा वार्षिक सात लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने

नेपालखबर
माघ १८, २०७९ बुधबार १२:४९, काठमाडौँ

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बुधबार संसदमा बजेट २०२३ वाचन गरिरहेकी छन्। 

उनले बजेट भाषणका क्रममा आयकरसम्बन्धी नयाँ नियम सार्वजनिक गरेकी छन्। 

बजेट भाषणका क्रममा उनले अब वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्ने कुनै किसिमको कर तिर्नु नपर्ने नियम ल्याएकी छन्। 

व्यक्गित आयकरअन्तर्गत उनले पाँचवटा नयाँ घोषणा गरेकी छन्। 

अहिले भारतमा वर्षेनि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुपर्दैन। तर उनले यसलाई अझै बढाएर सात लाखको प्रस्ताव गरेकी हुन्। 

बजेट भाषणका क्रममा उनले नेक्स्ट जेनेरेशन ट्याक्स फर्म जारी गर्ने घोषणा पनि गरिन्। जुन सरल हुनेछ। जसबाट सजिलै कर तिर्न सकिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .