अमेरिकी राष्ट्रपति जो बाइडनले केही दिनअघि युक्रेनलाई हरकिसिमको सहयोग दिन तयार रहेको घोषणा थिए। उनले परिआएमा ठूला हतियार पनि दिन तयार रहेको बताएका थिए।
तर रसियाले लगातार आक्रमण बढाउँदै गएपछि युक्रेनले एफ १६ लडाकु जहाज दिन गरेको आग्रहलाई अमेरिकाले अस्वीकार गरेको छ।
सोमवार एकजना पत्रकारले सोधेका थिए, 'के अमेरिका युक्रेनलाई एफ-१६ लडाकु जहाज दिन तयार भएको हो?' यसको जवाफमा बाइडेनले भने, 'होइन, हामी दिँदेनौँ।'
बाइडेनको यो जवाफ यस्तो समय आएको छ जब जर्मनीले एक दिनअघि युक्रेनलाई लडाकु जहाज पठाउन अस्वीकार गरेको थियो।
युक्रेनले यसअघि नै रुससँग जारी युद्धमा आफ्नो एयर स्पेसमा पकड बनाउन लडाकु जहाजको आवश्यकता रहेको बताइसकेको छ।
एफ-१८ लडाकु विमानलाई विश्वकै सबैभन्दा विश्वासनीय र अत्याधुनिकमध्ये एक मानिन्छ। यो जहाजलाई अमेरिकासँगै बेल्जियम र पाकिस्तान जस्ता देशले प्रयोग गरिरहेका छन्।
यदि युक्रेलाई यो फाइटर जेट मिलेमा उसका लागि हवाई युद्ध एक तहमाथि पुग्नेछ। अहिले पनि युक्रेन सोभियतकालका लडाकु जहाज प्रयोग गरिरहेको छ।
यी जहाजलाई युक्रेनको स्वतन्त्रताअघि सोभियत संघको समयमा आजभन्दा करिब ३० वर्षअघि बनाइएको थियो।
बाइडेनले युक्रेनको तर्फबाट एफ-१६ लडाकु जहाज माग गरिरहेको कुरालाई अस्वीकार गर्दै आएका छन्। तर अन्य क्षेत्रमा युक्रेनलाई सैन्य सहयोग भने जारी रहने उनले बताएका छन्।
प्रतिक्रिया