ad ad

ग्लोबल


युक्रेनमा भएको हेलिकप्टर दुर्घटनालाई युक्रेनी राष्ट्रपतिले भने– युद्धको परिणाम

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनालाई युक्रेनी राष्ट्रपतिले भने– युद्धको परिणाम

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
माघ ५, २०७९ बिहिबार ९:१३, काठमाडौँ

युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘युद्धकालमा दुर्घटना’ नहुने बताएका छन्। 

बुधबार हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टिरस्कीसहित १४ जनाको मृत्यु भएको छ। 

युक्रेनले अहिलेसम्म यो दुर्घटनामा रुसको हात रहेको दाबी नगरे पनि डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ) मा राष्ट्रपति जेलेन्स्कीले यो घटना युद्धको परिणाम भएको बताएका हुन्। 

आफ्नो भिडिओ सन्देशमा जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगीहरूलाई जतिसक्दो चाँडो थप हतियार पठाउन अपिल पनि गरे।

नेटोका प्रमुखले सोही मञ्चमा आफ्नो सम्बोधनमा युक्रेनले छिट्टै नयाँ, थप शक्तिशाली र आधुनिक हतियार पाउने बताएका छन् ।

४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिरस्की रुसी आक्रमणपछि मृत्यु हुने युक्रेनका उच्च पदस्थ अधिकारी हुन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .