ad ad

कला


‘भागवत गीता’मा विपिन कार्कीको ‘इन्ट्री’

‘भागवत गीता’मा विपिन कार्कीको ‘इन्ट्री’

नेपालखबर
माघ ५, २०७९ बिहिबार ८:१९, काठमाडौँ

छायांकनको संघारमा रहेको फिल्म ‘भागवत गीता’मा अभिनेता विपिन कार्की अनुबन्ध भएका छन्।

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्मका लागि विपिनले कागजी सम्झौता गरेका छन्। फिल्मको कथा र चरीत्र दुवै मन परेपछि ‘भागवत गीता’मा काम गर्न तयार भएको बताएका छन्। 

केही दिनअघि मात्रै ‘प्रसाद २’को छायांकन सकेका विपिनले काठमाडौं फर्किएसँगै नयाँ फिल्ममा सम्झौता गरेका हुन्।

अभिनेता दयाहाङ राई र सौगात मल्ल विपिनभन्दा अघिनै यस फिल्ममा अफर गरिएको थियो। तर उनीहरु दुबैले फिल्ममा काम नगर्ने भएपछि विपिन भित्रिएका हुन्।

सुनीलकुमार थापाको निर्माणमा बन्ने फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाले शिर्ष भूमिका निर्वाह गर्नेछन्।

फिल्म यही माघ २० गतेदेखि छायांकनमा जाने छ। फिल्म आउँदो नयाँ वर्ष अर्थात वैशाख १ गते प्रदर्शन घोषणा गरिएको छ। अन्तर्जातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्म जनकपुर र दार्चुलामा छायांकन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .