ad ad

ग्लोबल


मातहतका मन्त्रीले गरेको भ्रष्टाचारको राजनीतिक जिम्मेवारी लिँदै भियतनामका राष्ट्रपतिले दिए राजीनामा

मातहतका मन्त्रीले गरेको भ्रष्टाचारको राजनीतिक जिम्मेवारी लिँदै भियतनामका राष्ट्रपतिले दिए राजीनामा

नेपालखबर
माघ ३, २०७९ मंगलबार १९:७, काठमाडौँ

भियतनामका राष्ट्रपति नुएन सुआन फुकले राजीनामा दिएका छन्। उनलाई कम्युनिस्ट पार्टीको उपल्लो पदहरुबाट समेत हटाइएको छ। 

फुक प्रधानमन्त्री छँदा उनी मातहतका अधिकारीहरुले भ्रष्टाचार गरेको कुरा पुष्टि भएपछि उनले राजीनामा दिएका हुन्। ६८ वर्षीय फुक अप्रिल २०२१ मा संसदबाट राष्ट्रपति चुनिएका थिए। त्यसअघि उनी प्रधानमन्त्री थिए।

यसअघि दुई पूर्व उपप्रधानमन्त्री र तीन मन्त्रीहरुले कोभिड व्यवस्थापनका क्रममा घुस खाएको स्वीकार्दै राजीनामा दिएका थिए।

फुकले प्रधानमन्त्री छँदा कोभिड नियन्त्रणमा सफलता प्राप्त गरेका थिए। तर, मातहतका अधिकारीहरुले गरेको गल्तीको राजनीतिक जिम्मेवारी लिँदै उनी पदबाट हटेका हुन्। 

उपराष्ट्रपति वो थि आन सुआन कामचलाउ राष्ट्रपति बन्ने छन्।

पछिल्लो समय पार्टीका महासचिव नुएन फु त्रोङले भ्रष्टाचार नियन्त्रण अभियान चर्काउँदै गएपछि यो राजनीतिक उथलपुथल देखिएको हो। 

भियतनाममा धेरै हदसम्म राष्ट्रपतिको हैसियत संवैधानिक मात्र हुन्छ। तर, फुक विदेशी लगानीकर्तामाझ लोकप्रिय थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .