ग्लोबल


भारतमा बिँडी बेर्थे, अमेरिकामा न्यायाधीश भए

भारतमा बिँडी बेर्थे, अमेरिकामा न्यायाधीश भए

नेपालखबर
पुस २८, २०७९ बिहिबार २०:२२, काठमाडौँ

गत साता भारतीय मूलका सुरेन्द्रन के पटेल अमेरिकाको जिल्ला न्यायाधीशमा नियुक्त भए। केरलामा जन्मेका ५१ वर्षीय पटेल टेक्सस राज्यको फोर्ट बेन्ड काउन्टीस्थित अदालतमा न्यायाधीश नियुक्त भएका हुन्।

अमेरिकाको नागरिक बनेको पाँच वर्षपछि १ जनवरीका दिन उनले पदको शपथ लिए। 

उनको बाल्यकाल अत्यन्त गरिबीमा गुज्रेको थियो। उनका बुबाआमा मजदुर थिए। र, दैनिक ज्यालाको भरमा ६ जना केटाकेटी पाल्थे।

त्यसैले बाल्यकालमा पटेलले आफैँ पनि श्रम गरेका थिए। उनी बिँडी बेर्ने काममा लागेका थिए।

‘ताकि तीन छाक खान सकियोस्,’ पटेल भन्छन्, ‘मेरो दिदी र म रातिसम्म बसेर बिँडी बेर्थ्यौँ।’

किशोर छँदा पढाइमा राम्रो गर्न नसकेपछि उनी स्कुल जान छाडे। उनकी जेठी दिदी १५ महिनाकी छोरी छाडेर बितिन्।

‘यसलाई आत्महत्या भनियो। तर, अहिलेसम्म न्याय भएन भन्ने मलाई लाग्छ,’ उनले भनेका छन्।

यो दुखान्तका कारण उनी फेरि स्कुल जान थाले र कडा मेहनत गरे। काम र पढाइलाई सँगै अघि बढाए। 

१९९२ मा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि उनले कानुन पढे। त्यसपछि वकिलकहाँ काम गर्न थाले।

उनकी पत्नीले दिल्लीको अस्पतालमा काम पाएपछि उनी त्यहाँ सरे। दिल्लीमा सर्वोच्च अदालतका वकिलसँग उनले केही महिना काम गरे। त्यसपछि उनकी पत्नी अमेरिका आउने भइन्। पटेल सँगै गए। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad