ad ad

ग्लोबल


युक्रेनी हमलामा एकै ठाउँ मारिए ८९ रुसी सैनिक, कारण बन्यो मोबाइल फोन

युक्रेनी हमलामा एकै ठाउँ मारिए ८९ रुसी सैनिक, कारण बन्यो मोबाइल फोन

युक्रेनी हमलामा मारिएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रुसी नागरिक। तस्बिर : बीबीसी


नेपालखबर
पुस २०, २०७९ बुधबार १९:१३, काठमाडौँ

युक्रेनको मिसाइल हमलामा एकै स्थानमा ८९ जना रुसी सैनिक मारिनुको कारण बनेको छ उनीहरुले प्रयोग गर्ने मोबाइल फोन।

एकै ठाउँमा यति धेरै सैनिक मारिनुको कारणका रुपमा रसियन सरकारले लापरवाहीपूर्ण व्यवहार र मोबाइल फोनको प्रयोग भएको निष्कर्ष निकालेको छ।

रूसले युक्रेनको हमलामा ठूलो संख्यामा सैनिक मारिएको स्वीकार्दै यस मामिलामा 'लापरवाही गर्ने अधिकारी'लाई जवाफदेही बनाइने जनाएको छ।

युक्रेनको माकिभका शहरमा भएको यस हमलामा कम्तिमा ८९ जना सैनिकको एकसाथ ज्यान गएको रुसले स्वीकारिसकेको छ।

रूसको सेनाको र्तफबाट जारी विज्ञप्तिमा बताइएअनुसार त्यहाँ मोबाइल फोन प्रयोगमा निषेध गरिएको थियो। तर यो आक्रमण र घटनाको प्रकृति हेर्दा सेनाहरुले उक्त नियमको उलंघन गरेको निष्कर्ष रुसले निकालेको हो। 

रूसी सेनाका अनुसार 'अमेरिकाले युक्रेनलाई दिएको हाइमार्स मिसाइलको रेन्जमा मोबाइल फोनको प्रयोग खतराको कारण बन्न सक्छ। यस खतराबारेमा त्यहाँ तैनाथ रुसी सैनिकलाई अवगत गराइएको थियो।

एक जनवरीमा भएको यस हमलामा रूसका ८९ सैनिक मारिए, जसमा रेजिमेन्टका एकजना डेपुटी कमाण्डर पनि छन्। 

युक्रेनी आक्रमणमा ध्वस्त कलेज

घटना के हो?
युक्रेनले १ जनवरी राति रूसको कब्जामा रहेको डोनेट्स्क इलाकास्थित माकिभका शहरको एउटा कलेजमा रकेट हमला गरेको थियो। यस कलेजमा रूसी सैनिक बसिरहेका थिए। 

रूसका अनुसार राति करिब १ बजे अमेरिका निर्मित हाइमार्स रकेट सिस्टमबाट कलेजमार ६ वटा रकेट हानिएको थियो। यिनमा दुईवटा रकेट नष्ट गरिएको थियो।

रूसी सेनाले बताए अनुसार सैनिकहरुलाई निषेध गरिए पनि ठूलो संख्यामा फोनको प्रयोग भएको थियो। जसका कारण युक्रेनी सेनालाई रुसी सैनिक बसेको स्थान पत्ता लगाउन सजिलो भएको थियो।

यस हमलामा कति रुसी सैनिक मारिए त्यसको पुष्टि भएको छैन। रूस र युक्रेन दुवैले अलग-अलग संख्या बताइरहेका छन्। 

यस मामिलामा रुसले पनि यो युद्धमा अहिलेसम्म मारिएका सैनिकको सबैभन्दा ठूलो संख्याका रुपमा यसलाई स्वीकारेको छ। उता युक्रेनले यो हमलामा ४ सय रुसी सैनिक मारिँदा ३ सय घाइते भएको दाबी गरेको छ। 

रूसको रक्षा मन्त्रालयका अनुसार यस हमलामा रेजिमेन्टका डेपुटी कमाण्डर लेफ्टिनेन्ट करनल बचुरिन पनि मारिएका छन्। यसबारेमा एक आयोगले छानबिन थालिसकेको छ।

युक्रेनले आक्रमण गरेको कलेज क्षेत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .