ad ad

ग्लोबल


विश्वको एक तिहाइ हिस्साले यो वर्ष आर्थिक मन्दी झेल्नेछ : आईएमएफ प्रमुख

विश्वको एक तिहाइ हिस्साले यो वर्ष आर्थिक मन्दी झेल्नेछ : आईएमएफ प्रमुख

नेपालखबर
पुस १८, २०७९ सोमबार १४:५४, काठमाडौँ

यो वर्ष विश्व अर्थतन्त्रको एक तिहाइ हिस्सामा आर्थिक मन्दी छाउने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले चेतावनी दिएकी छन्।

कोषकी प्रमुख क्रिास्टालिन जर्जिएभाले २०२३ अघिल्लो वर्षभन्दा कठिनाइयुक्त हुने बताइन्। यो वर्ष अमेरिका, युरोपेली युनियन र चीनको समेत अर्थतन्त्रमा थप मन्दी आउनेछ।

युक्रेन युद्ध, चर्किंदो मूल्यवृद्धि, उच्च ब्याजदर र चीनमा कोभिड फैलिएका कारण विश्व अर्थतन्त्र दबामा छ। गत अक्टोबरमा आईएमएफले २०२३ को विश्व अर्थतन्त्र वृद्धिदर कटौती समेत गरेको थियो।

‘विश्व अर्थतन्त्रको एक तिहाइ मन्दीमा हुने हाम्रो आकलन छ,’ जर्जिएभाले भनिन्, ‘मन्दीमा नभएका मुलुकमा पनि करोडौँ मानिसले मन्दीजस्तो महसुस गर्नेछन्।’

जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यो वर्षको सुरुवातमा निकै ठूलो कठिनाइ झेल्ने पनि बताइन्।

‘आउँदा केही महिना चीनका लागि नकिै कठिन हुनेछ। यसले चीनको वृद्धिमा नकारात्मक प्रभाव पार्नेछ। जसको असर सो क्षेत्र र विश्वमै नकारात्मक पर्नेछ,’ उनले भनिन्।

आईएमएफ १९० मुलुक सदस्य रहेको अन्तर्राष्ट्रिय संस्था हो। यो संस्थामा मुलुकहरु विश्व अर्थतन्त्र स्थिर राख्न मिलेर काम गर्छन्। यो संस्थाको प्रमुख काम भनेको अर्थतन्त्रसम्बन्धी अग्रिम चेतावनी दिनु पनि हो। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .