ad ad

ग्लोबल


अमेरिकामा हिमआँधीमा परी ६२ जनाको मृत्यु

अमेरिकामा हिमआँधीमा परी ६२ जनाको मृत्यु

नेपालखबर
पुस १३, २०७९ बुधबार ९:१३, काठमाडौँ

‘शताब्दी कै विनाशकारी हिमआँधी’ भनिएको आँधीबाट अमेरिकाका विभिन्न राज्यमा मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ। प्रभावित बासिन्दाहरूलाई उद्धार गर्ने कोसिस भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले भने, “उत्तरपूर्वी अमेरिकाका केही भागहरूमा हिमआँधीको अवस्था कायमै रहेको छ । यो खराब मौसमको विनाशकारी यात्रापछिको जोखिमयुक्त अवशेष हो । आँधीले देशलाई धेरै दिनसम्म चीसोको सामना गर्न बाध्य पारेको छ ।”

“हिमआँधीका कारण व्यापक रूपमा बिजुली कटौती भएको छ, हजारौँको बाटौमा अलपत्र परेका छन् र नौ राज्यहरूमा कम्तीमा  ६२ जनाको मृत्यु भएको छ,” न्यूयोर्क प्रशासनद्वारा सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

न्युयोर्क राज्यमा अधिकारीले विशेष गरी बफेलोमा घन्टौंसम्मको हिमबर्षापछि, सवारी साधनको अवरूद्धता र हिउँको किनारमा शवहरू फेला परेको र आपतकालीन कर्मचारीहरू जीवित व्यक्तिहरूको खोजीमा ‘कारदेखि कारसम्म’ मा जाने डरलाग्दो अवस्थाको वर्णन गरेका छन् ।

तीव्र हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण हालैका दिनहरूमा १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएको ट्र्याकिङ, फ्लाइटवेयर डट कमले जनाएको छ ।

अमेरिकामा खराब जाडो मौसमको लागि अपरिचित नमानिने एरी काउन्टीको प्रसिद्ध शहर बफेलो सङ्कटपूर्ण अवस्थाको केन्द्रबिन्दुमा रहेको छ । शहरका धेरै भागमा ठूलो मात्रा तीन फिटसम्म हिउँले जमिनलाई ढाकेको छ ।

न्यूयोर्कका गभर्नर होचुलले मङ्गलबार पत्रकारसँगको कुराकानीमा भने, “निश्चित रूपमा यो शताब्दीको विनाशकारी हिमआँधी हो ।
होचुलका अनुसार न्युयोर्कका केही शहरमा रातभर ३० देखि ४० इन्च (०.७५ देखि १ मिटर) सम्म हिउँ जमेको छ ।

विनाशकारी हिमआँधीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार पछि होचुलले राष्ट्रपति जो बाइडेनसँग कुरा भएको र न्यूयोर्क राज्यलाई सहयोग गर्न आग्रह गरका छन् । उनले ‘संघीय सरकारको पूर्ण शक्ति’ परिचालनको प्रस्ताव गरेका थिए र राष्ट्रपतिले बाइडेनले सहयोगको प्रतिवद्धतासहित आँधीमा आफ्ना प्रियजनहरूको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन्। 

बाइडेनले प्रभावित राज्यका लागि आपतकालीन सहयोगको घोषणालाई पनि अनुमोदन गरेको ह्वाइट हाउसले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .