ad ad

ग्लोबल


ताइवानको क्षेत्रमा छिरे ४३ चिनियाँ लडाकु विमान

ताइवानको क्षेत्रमा छिरे ४३ चिनियाँ लडाकु विमान

नेपालखबर
पुस ११, २०७९ सोमबार १०:३४, काठमाडौँ

ताइवानको समुद्री क्षेत्रमा ४३ चिनियाँ लडाकु विमान प्रवेश गरेका छन। ताइवानको रक्षा मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा चिनियाँ लडाकु विमान उसको समुद्री क्षेत्रमा प्रवेश गरेका हुन्। यसका साथै उक्त युद्धाभ्यासमा समग्रमा ७१  चिनियाँ विमानको प्रयोग भएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई भागमा विभाजित गर्ने काल्पनिक रेखा मिडियन लाइन पार गरेका हुन्। चीनले यो घटनाको विषयमा जानकारी दिँदै आइतबार ताइवानको आसपास समुद्री तथा हवाई क्षेत्रमा ‘स्ट्राइक्स ड्रिल्स’आयोजना गरेको बताएको छ। 

चीनले यो सैन्य अभ्यास ताइवान र अमेरिकाको भड्किलो कदमको कारण आयोजित गरिएको बताएको छ। 

ताइवानले आफूलाई एक स्वतन्त्र मुलुकको दाबी गर्दै आएको छ। चीनले भने ताइवानलाई आफ्नो एक हिस्साको रुपमा लिँदै आएको छ।

ताइवानले चीनले गरेको सैन्य अभ्यासले चीन क्षेत्रीय शान्ति भंग गर्दै ताइवानी जनतालाई डराउने प्रयास गरिरहेको आरोप लगाएको छ।

ताइवानी रक्षा मन्त्रालयले ताइवानको क्षेत्रमा सात चिनियाँ जलसेनाको जहाज पनि गएको बताएको छ। 

ताइवानले चिनियाँ लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेसँगै उनीहरुलाई चेतावनी दिएको र यो अवधिमा मिसाइल प्रणालीलाई पनि तयार राखिएको बताएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .