कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताका क्रममा एक जना कतारी खेलाडीले मिस क्रोएसिया इभाना केनोललाई विवाहको प्रस्ताव राखेका छन्।
डेली मेलका अनुसार फुटबल हेर्न कतार पुगेकी क्रोएसियाकी २६ वर्षीया मोडल इभानालाई एक जना कतारी खेलाडीले बिहेको प्रस्ताव राखेका हुन्।
इन्स्टाग्राममा भाइरल बनिरहेकी इभानाले केही खेलाडीले आफूलाई सहज मानेको र उनीहरूको प्रतिक्रियामा विचार गरिरहेको बताएकी छन्।
यस क्रममा केही खेलाडीले चर्चित खेलाडीसँग भेट गराइदिने भन्दै इभानालाई म्यासेज गरेका छन्। तर, उनले यस विषयमा आफूले कुनै प्रतिक्रिया नदिएको बताएकी छन्। इभानाले कतारका खेलाडीले आफूलाई जहाँ पनि भेट्दा माया गर्ने गरेको बताइन्।
कतार विश्वकपमा ‘सेक्सी फ्यान’ उपनाम पाएकी इभाना बुधबार बिहान पहिलो सेमिफाइनल खेल सुरु हुनु चार घन्टाअगाडि मैदान प्रवेश गरेपछि कतारी सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिनुपरेको थियो। इभाना प्यारापिटमा प्रवेश गरेसँगै दर्शकको घुइँचो लागेपछि प्रहरीले स्थिति सामान्य बनाउन उनलाई नियन्त्रणमा लिएको हो।
Shares
प्रतिक्रिया