ad ad

ग्लोबल


बेइजिङमा पूर्वराष्ट्रपति चियाङको अन्तिम संस्कार सम्पन्न

बेइजिङमा पूर्वराष्ट्रपति चियाङको अन्तिम संस्कार सम्पन्न

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १५:३०, काठमाडौँ

चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको अन्तिम संस्कार सम्पन्न भएको छ। बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सी चिनफिङको अगुवाइमा सिंगो पोलिट्ब्युरोले चियाङप्रति सम्मान प्रकट गरेको थियो।

सो क्रममा सहरभरि साइरन बजाइएको थियो। चियाङकी पत्नी वाङ यपिङ ह्विलचेयरमा बसेर अन्तिम संस्कारमा सहभागी भएकी थिइन्।

कोभिडसम्बन्धी कडा नीतिनियमको विरोध भइरहेकाले तनावको अवस्थामा चियाङको अन्तिम संस्कार गरिएको हो। जसका कारण बेइजिङको सुरक्षा व्यवस्था अत्यन्त कडा गरिएको छ। समाचार संस्थाहरुको चियाङसम्बन्धी पोस्टमा सामाजिक सञ्जालमा टिप्पणी गर्न रोक लगाइएको छ। त्यो बेलामा सेयर कारोबार रोक्का गरिएको थियो। 

१९९७ मा तेङ स्याओपिङको निधनपछि चियाङले ग्रेट हल अफ द पिपुलमा १० हजार मानिससामु ५० मिनेट तेङलाई सम्झिँदै भाषण गरेका थिए। चियाङलाई तेङले नै पार्टीको शीर्षस्थ नेतृत्वका लागि छनोट गरेका थिए।

सो समारोहमा महाधिवेशनका बेला बिरामी देखिएका हु चिन्ताओ भने अनुपस्थित थिए। तर, सोमबार उनी सीसँगै चियाङको अन्तिम विदाइमा देखिएका थिए।

त्यस्तै चियाङको दायाँ हात मानिने पूर्वप्रधानमन्त्री चु रोङ्ची पनि अनुपस्थित थिए।

अवकाश पाएका वेन चियापाओ र चेङ चिङकाङ भने उपस्थित थिए।

सीले चियाङका उपलब्धिहरुको चर्चा गर्दै पार्टीको नेतृत्वमा एकताबद्ध हुन सबैलाई आग्रह गरे। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .