ताइवानकी राष्ट्रपति राष्ट्रपति साइ इङ्-वेनसँग ब्रिटेनको विदेश मामिलासँग जोडिएको समितिकी अध्यक्ष एलिसिया केयर्न्सले भेटेकी छन्।
ताइवान गएको ब्रिटिश प्रतिनिधिमण्डलकी प्रमुखले यदि आवश्यकता परेमा ब्रिटेन यस क्षेत्रमा ताइवानको लोकतन्त्रको रक्षाका लागि सैन्य सहायता पठाउन सकिने बताएकी हुन्।
ब्रिटेनको विदेश मामिलासँग जोडिएको समितिकी अध्यक्ष एलिसिया केयर्न्सले ताइवानसँग ब्रिटेन जस्तो मित्र रहेको बताउँदै उसलाई साथ दिने उल्लेख गरिन्।
१६ वर्षपछि ब्रिटेनको कुनै पनि प्रतिनिधिमण्डल पहिलो पटक ताइवान यात्रामा छ। चीनले यस ब्रिटिश प्रतिनिधिमण्डलको ताइवान यात्राले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ।
चीनले ब्रिटेनको यो कदमले 'एक चीन नीति' को स्पष्ट उल्लंघन गरेको जनाएको छ। ताइवानमा लोकतान्त्रिक शासन व्यवस्था छ।
ताइवानले आफूलाई चीनबाट अलग्गै देश मान्छ। तर बेइजिङले उसलाई एक अलग प्रान्तका रुपमा मान्यता दिएको छ।
Shares
प्रतिक्रिया