ग्लोबल


किम जोङ उनले पहिलोपटक सार्वजनिक गरे छोरी

किम जोङ उनले पहिलोपटक सार्वजनिक गरे छोरी

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १२:५३, काठमाडौँ

उत्तर कोरियाका नेता किम जोङ उनले पहिलोपटक आफ्नी छोरी सार्वजनिक गरेका छन्।

शुक्रबार नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणको क्रममा किम जोङ उन छोरीसहित उपस्थित भएका हुन्। यसअघि उनको छोरी रहेको वा नरहेको भन्ने विषयमा उत्तर कोरियाले पुष्टि गरेको थिएन। 

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा किम जोङ उनले आफ्नी छोरीको हात समाएर उभिएको देख्न सकिन्छ।

केसीएनएका अनुसार शुक्रबार परीक्षण गरिएको आईसीबीएमले करिब एक हजार किलोमिटर दूरी पार गरेको थियो। जापानले उक्त मिसाइलले अमेरिकामा पनि प्रहार गर्न सक्ने बताएको छ। 

मिसाइल परीक्षणपछि किम जोङ उनले पछिल्लो समय अमेरिका र दक्षिण कोरियाबीचको सैन्य आक्रामकतालाई ध्यानमा राख्दै आफूहरुले आफ्नो क्षमता प्रदर्शन गरेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .