ad ad

ग्लोबल


अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकनलाई  बहुमत

अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकनलाई  बहुमत

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ९:१४, काठमाडौँ

अमेरिकाको रिपब्लिकन पार्टीले हालै सम्पन्न भएको मध्यावधि निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्समा बहुमत हात पारेको छ। रिपब्लिकन पार्टीले २१८ सिट हात पारेको हो। 

यो निर्वाचनमा माथिल्लो सदन सिनेटको ३५ सिटको लागि पनि निर्वाचन भएको थियो। माथिल्लो सदनमा भने डेमोक्रेटिक पार्टीले आफ्नो बहुमत कायम राख्न सफल भएको छ।

सिनेटका सदस्यको कार्यकाल ६ वर्षको र हाउसका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ। रिपबिलकन पार्टीले दुवै सदनमा बहुमत हात पार्ने अनुमान गरिएको थियो। 

यद्यपि तल्लो सदनमा रिपब्लिकनको बहमत भएसँगै राष्ट्रपति जो बाइडेनको प्रशासनलाई आफ्नो कानुन पास गराउनु एक चुनौती हुनेछ।

निर्वाचनको नतिजा आएसँगै राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीलाई बधाई दिएका छन्।

बाइडेनले मध्यमवर्गी परिवारको हितको लागि काम गर्दै नतिजा निकाल्ने काममा रिपब्लिकन पार्टीका नेताहरुसँग मिलेर काम गर्न आफू तयार रहेको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .