चीनले आफ्नो कडा कोभिड १९ नीतिमा फेरबदल गर्दै क्वारेन्टिनको समय घटाएको छ।
चीन आउने विदेशका लागि शुक्रबार ५ दिन मात्र बसे पुग्ने गरी नीतिगत परिवर्तन गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। घरमा आइसोलेसन बस्ने समय पनि तीन दिनमा झारिएको छ।
यसअघि ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम थियो।
चीनमा अन्तर्राष्ट्रिय उडानको संख्या पनि बढ्दै छन् भने चीन भ्रमण गर्नेको लागि मुख्य बाधक मानिएको ‘मेल्ट सर्किट ब्रेक’ संयन्त्र पनि रद्द हुने भएको छ।
योसँगै अब चीन घुम्न जानेले यात्राभन्दा ४८ घण्टाभित्रको एउटा मात्र पीसीआर नेगेटिभ रिपोर्ट देखाए पुग्ने भएको छ।
त्यस्तै पोजिटिभ पीसीआर परीक्षणको सीमा पनि ४० बाट ३५ बनाइएको छ।
चीनभित्रै पनि कडाइ खुकुलो पारिएको जनाइएको छ। यसअनुसार क्लोज कन्ट्याक्टको लागि सेन्ट्रल क्वारेन्टिनमा बिताउने समय ७ दिनबाट ५ दिनमा झारिएको छ। यता घरमै स्वास्थ्य अनुगमनको लागि लागू गरिएको ३ दिनलाई क्वारेन्टिनमा परिवर्तन गरिएको छ।
Shares
प्रतिक्रिया