ad ad

ग्लोबल


बेलायती राजा चार्ल्समाथि तीनवटा अण्डा प्रहार

बेलायती राजा चार्ल्समाथि तीनवटा अण्डा प्रहार

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार २०:४४, काठमाडौँ

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।
 

७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन्।

एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो। त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ।

घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाही दम्पतीमाथि अण्डा प्रहार गर्नुअघि उनीविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए।

आक्रमणमा संलग्न एकजना युवकलाई पक्राउ गर्दै प्रहरी। तस्बिर : एजेन्सी

भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए। उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए। 

प्रहरीले संदिग्ध अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चार्ल्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएका थिए। 

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन्। 

चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक शहरमा पहिलो पटक पुगेको थियो।

चार्ल्सले मङ्गलबार नजिकैको लिड्स शहरमा रहेका कलाकारहरूलाई भेटेका थिए। उनले दासप्रथाबारे बेलायतको भूमिका बिषयक एक कार्यक्रममा सहभागी हुँदै यस बिषयमा खुला बहस चलाउन आफू तयार रहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .