उत्तर कोरियाले दक्षिण कोरियापछि बिहीबार जापानतर्फ मिसाइल प्रक्षेपण गरेको छ।
यससँगै जापानले आफ्ना नागरिलाई ‘जे वार्निङ’ जारी गरेको छ। यो चेतावनी निकै दुर्लभ अवस्थामा जारी गरिन्छ। जापानले आफ्ना केही क्षेत्रमा बस्ने मानिसलाई घर वा भूमिगत सुरुङमा लुक्न सुझाव दिएको छ।
उत्तर कोरियाले यसअघि बुधबार दक्षिण कोरियातर्फ २३ मिसाइल प्रक्षेपण गरेको थियो। जसमध्ये एक मिसाइलले दक्षिण कोरियाको जल क्षेत्र पार गरेको थियो।
यसको जवाफमा दक्षिण कोरियाले पनि लडाकु विमानबाट आकाशदेखि जमिनमा प्रहार गर्न सक्ने मिसाइल उत्तर कोरियातर्फ प्रहार गरेको थियो।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेसँगै उत्तर कोरिया आक्रामक देखिएको हो।
उत्तर कोरियाले यो अभ्यास रोक्न आग्रह गरेको थियो।
63
Shares
प्रतिक्रिया