ad ad

ग्लोबल


बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ‘राजाभन्दा धनी’, कति छ सम्पत्ति?

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ‘राजाभन्दा धनी’, कति छ सम्पत्ति?

सुनक दम्पती


नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १४:५, काठमाडौँ

एसियाली मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि उनको आर्थिक अवस्थाबारे सोधीखोजी सुरु भएको छ। उनी बेलायतका राजाभन्दा धनी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

सन्डे टाइम्समा प्रकाशित धनी व्यक्तिहरूको सूचीअनुसार पूर्व ब्यांकर सुनक र भारतीय प्रविधि कम्पनीको उत्तराधिकारी उनकी श्रीमती अक्षता मूर्ति झन्डै ८३ करोड अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन्।

उता बेलायतका नयाँ राजा चार्ल्स तृतीयको सम्पत्ति उनको भन्दा कम देखिएको छ। अर्थात् दिवंगत हुनुअघि महारानी एलिजाबेथ द्वितीयाको सम्पत्ति  लगभग ४२ करोड अमेरिकी डलरमा रहेको सन्डे टाइम्सको सूचीमा उल्लेख छ।

आफ्नी आमाको सम्पत्तिको उत्तराधिकारी नयाँ राजा हुनेछन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .