ग्लोबल


केदारनाथमा निजी कम्पनीको हेलिकप्टर दुर्घटना

केदारनाथमा निजी कम्पनीको हेलिकप्टर दुर्घटना

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १३:३, काठमाडौँ

भारतको उत्तराखण्डको केदारनाथधाममा एक हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर केदारनाथबाट दुई किलोमिटर टाढा रहेको गरुडचट्टीमा दुर्घटनामा परेको हो। 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अहिले उद्धार टोली अहिले घटनास्थलमा पुग्ने प्रयासमा छ। सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो दुर्घटना खराब मौसमको कारण भएको हो। यद्यपि अहिलेसम्म यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। 

निजी कम्पनीले सञ्चालन गरेको उक्त हेलिकप्टरमा पाँच दर्शनार्थी थिए। केही सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार विष्फोटको ठूलो आवाज आएसँगै स्थानीय मानिसले प्रहरीलाई यसको जानकारी दिएका थिए। 

भारतका नागरिक उड्डयन मन्त्रीले यो घटनालाई दुर्भाग्यपूर्ण भएको भन्दै उनले राज्य सरकारसँग यस विषयमा नियमित सम्पर्कमा रहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad