ad ad

ग्लोबल


रुसी सेनाबाट युक्रेनले फिर्ता लियो महत्वपूर्ण सहर

रुसी सेनाबाट युक्रेनले फिर्ता लियो महत्वपूर्ण सहर

नेपालखबर
असोज १६, २०७९ आइतबार ८:३८, काठमाडौँ

युक्रनले आफ्नो महत्वपूर्ण रणनीतिक सहर लिमानलाई आफ्नो नियन्त्रणमा लिएको छ।

गत फेब्रुअरीमा आक्रमण सुरु गरेयता रुस महत्वपूर्ण सहरबाट पछि हटेको हो। रुसी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय हजारौं युक्रेनी सेनाले उक्त सहरलाई घेरा हालेसँगै रुसी सेना उक्त सहरबाट बाहिरिएको हो। 

लिमान सहरमा जित हात पारेसँगै आगामी दिनमा युक्रेनी सेनालाई डोनेट्स र लुहान्स्क क्षेत्रमा पुग्न सहज पहुँच मिल्नेछ। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा युक्रेनी सेनाले उक्त सहरमा युक्रेनको राष्ट्रिय झण्डा फहराइरहेको देख्न सकिन्छ। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त सहरमा आफ्नो झण्डा फहराइएको भए पनि लडाइँ अझै पनि जारी रहेको बताएका छन्।

यद्यपि उनले यस विषयमा थप जानकारी भने दिइएको छैन। लिमान सहर हालै मात्र रुसले आफ्नो भूभागमा गाभेको डोनेट्समा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .