ad ad

ग्लोबल


रुस–युरोप विवादले कतारलाई फाइदा

रुस–युरोप विवादले कतारलाई फाइदा

नेपालखबर
असोज ९, २०७९ आइतबार ८:१५, काठमाडौँ

युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर भएको विवादको फाइदा भने खाडी मुलुक कतारलाई पुगेको छ।

फ्रान्सको ऊर्जा कम्पनी टोटल इनर्जीजले शनिबार कतारमा प्राकृतिक ग्याससँग सम्बन्धित एक परियोजनामा करिब १ अर्ब ५० करोड डलर लगानी गर्ने सम्झौता गरेको छ।

समाचार एजेन्सी एएफपीले उल्लेख गरेअनुसार फ्रान्सेली कम्पनीको यो कदमलाई रुसी ग्यासप्रतिको निर्भरता घटाउने युरोपेली मुलुकको कदमको रुपमा हेरिएको छ। 

कतारका ऊर्जामन्त्री शाद शेरिदा अल काबीले टोटल इनर्जीजका प्रमुख कार्यकारी पेट्रिल पायानकेसँगको पत्रकार सम्मेलनमा बोल्दै यो सम्झौताबाट फ्रान्सेली कम्पनीले ९.३ प्रतिशतको शेयर दिइने बताए।

कतारको ग्यास ब्लकमा कुनै विदेशी कम्पनीको यो पहिलो हिस्सेदारी हो। 

ऊर्जामन्त्रीले कम्पनीको २५ प्रतिशतको हिस्सेदारी विदेशी कम्पनीको लागि सुरक्षित राखिने बताए। कतार विश्वको सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने मुलुकमध्येको एक हो।

यसअघि युरोपले कतारसँग प्राकृतिक ग्यास खरिद गर्न अस्वीकार गर्दै आएको थियो। तर, युक्रेन युद्ध सुरु भएसँगै रुसले गरेको नाकाबन्दीको कारण युरोपेली मुलुक कतारबाट ग्यास खरिदका लागि राजी भएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .