ad ad

ग्लोबल


इरानी जनताका लागि इन्टरनेट सुविधा दिँदै एलन मस्क?

इरानी जनताका लागि इन्टरनेट सुविधा दिँदै एलन मस्क?

नेपालखबर
असोज ८, २०७९ शनिबार १७:५६, काठमाडौँ

स्पेस-एक्सका सीआईओ एलन मस्कले शुक्रवार उनको पुरानो कम्पनी स्याटेलाइट इन्टरनेट सर्भिस स्टारलिङ्कलाई चालु गर्ने घोषणा गरेका छन्। 

मस्कको यो फैसला अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनको त्यस ट्वीटपछि आयो जसमा उनले अमेरिकी सरकारले इरानीका लागि 'इन्टरनेट स्वतन्त्रता बढाउन र बेरोकटोक सूचना आदान-प्रदान' का लागि कदम चाल्न लागेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी वित्त विभागले शुक्रवार निर्देश जारी गर्दै इरानमाथि प्रतिबन्धका बावजुद त्यहाँका नागरिकलाई इन्टरनेट उपलब्ध गराइने जनाएको छ।

यो निर्णय इरानमा २२ वर्षीया एक युवतीको पुलिस हिरासतमा मृत्यु र इरानमा भइरहेको प्रदर्शनकाबीच लिइएको हो।

ट्रेजरी विभागका एक अधिकारीले बताएअनुसार स्टारलिङ्कलाई लिएर उसले दिने सुविधा व्यवसायिक किसिमको हुने छ। यस लाइसेन्समा हार्डवेयर सामेल हुने  छैन। यदि यसलाई प्रयोग गर्न चाहनेले वित्त विभागसँग अनुमति लिनुपर्नेछ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले यदि कुनै कम्पनी सामान्य लाइसेन्समा निर्धारित शर्त पूरा गर्छन् भने बिना कुनैअतिरिक्त अनुमति नलिइ सेवा उपलब्ध गराउन सक्नेछन्। 

इरानमा महसा अमीनीको पुलिस हिरासतमा मृत्युपछि विरोध प्रदर्शन भइरहेका छन्। महसालाई पुलिसले 'ठीक ढंगले हिजाब नलगाएको' आरोपमा गिरफ्तार गरेको  थियो।

एलन मस्कले उनको कम्पनी स्टारलिङ्क स्याटेलाइट ब्रोडब्यान्ड सर्भिस दिन चाहेको बताए। यस्तो विधिअनुसार मस्कले रुसी हमलावरुद्ध लडिरहेका युक्रेनीलाई पनि सहयोग गरिरहेका छन्। 

विदेश मन्त्रालयले यदि स्पेस एक्सलाई इरानमा कुनै गतिविधिका लागि उनलाई विशेष लाइसेन्सको आवश्यकता परे सुनुवाइ हुने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .