सिरियाको तटमा डुंगा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ। करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका छन्।
सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुंगामा १०० भन्दा बढी व्यक्ति सवार थिए। सवार यात्रुमा अधिकतर लेबनानी र सिरियाली थिए। दर्जनौं अझै बेपत्ता रहेको बताइएको छ। रासस/एएफपी
45
Shares

प्रतिक्रिया