ad ad

ग्लोबल


जगेडा सैनिक परिचालनको घोषणासँगै रुसमा प्रदर्शन, सयौं पक्राउ

जगेडा सैनिक परिचालनको घोषणासँगै रुसमा प्रदर्शन, सयौं पक्राउ

नेपालखबर
असोज ६, २०७९ बिहिबार ११:३३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक सैन्य परिचालनको घोषणा गरेसँगै त्यसको विरोधमा रुसमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन्।

पुटिनले युक्रेन युद्धको लागि लाखौं जगेडा सैनिक परिचालन गर्न सकिने बताएका थिए। साथै युद्धका लागि हतियार आपूर्ति पनि बढाइने बताएका छन्। 

पुटिनको यो घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो। प्रदर्शनमा सहभागी सयौं मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ। रुसको मानव अधिकार संगठन ओभीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा धेरै छ। 

मस्को र सेन्ट पिटसबर्गमा सबैभन्दा धेरै मानिस पक्राउ परेका छन्। त्यसका साथै प्रहरीले साइबेरियाली सहर इरकुत्स्क र याकातेरिबर्गमा पनि दर्जनभन्दा धेरै मानिसलाई पक्राउ गरेको छ। 

पुटिनको घोषणासँगै रुस छाड्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। युक्रेनसँगको युद्धको विषयमा  दुष्प्रचार गरे कडाभन्दा कडा सजाय भोग्नुपर्ने प्रावधान तथा पुटिनविरोधी मानिसहरुलाई प्रहरीले दिने गरेको यातनाको कारण  सार्वजनिकरुपमा रुसमा यस्तो विरोध दुर्लभ मानिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .